काठमाडौँ । काठमाडौंको त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का गोविन्द कोइराला विजयी भएका छन् ।
त्रिचन्द्र क्याम्पसमा नेविसंघले प्यानल नै जितेको छ । त्रिचन्द्रमा कुल २६७१ मत खसेकोमा कोइरालाले १२१५ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत प्राप्त गरे भने अनेरास्ववियुका उम्मेदवार प्रमित विष्टले ४३१ मत प्राप्त गरेका थिए ।
त्रिचन्द्रमा नेविसंघविरूद्ध सात संगठनले मोर्चाबन्दी गरेर उम्मेदवारी दिएका थिए । जसमा अनेरास्ववियु, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (क्रान्तिकारी बहुमत), अनेरास्ववियू (समाजवादी) लगायत विद्यार्थी संगठनले एक प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।
स्ववियु अध्यक्ष जितेका कोइराला कांग्रेस महामन्त्री गगन थापानिकट मानिन्छन् ।




