काठमाडौं। प्रतिनिधि सभाको मंगलबारको बैठक केही समय ढिलोगरी सुरु हुने सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।
बैठक सञ्चालनका लागि लविमा पुगेका सभामुख केही बेर पर्खाईमा रहेका छन्। राप्रपा सांसद दीपक बोहोराको निधन भएका कारण केही बेर ढिलो हुने सदन बैठक शोक प्रस्ताव पारित गरी अन्त्य गरिनेछ।
राप्रपाले बोहोराको निधन भएको औपचारिक पत्र अहिलेसम्म पठाइनसकेका कारण बैठक ढिलोगरी सुरु हुने भएको हो।




