देश

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ । सिंहदरबारमा गणतन्त्र पक्षधरहरूको बैठक सुरु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा शुक्रवार तीनकुनेमा दुई जनाको मृत्यु हुने गरी भएको हिंसात्मक आन्दोलन, समसामयिक घटना र संसदमा जारी अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

प्रधानमन्त्रीले बोलाएको गणतन्त्र पक्षधर दलहरूको बैठकमा नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत साजवादीका अध्यक्ष माधव कुमार नेपाल भने अनुपस्थित रहेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *