राजनीति

कांग्रेसले बोलायो आकस्मिक रुपमा पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।

बूढानीलकण्ठस्थित निजी निवासमा देउवाले सो बैठक दिउँसो ४:३० बजे बस्नेगरी बोलाएका हुन्।

बैठकमा तीनकुने, कोटेश्वर, बालकुमारी र जडिबुटी क्षेत्रमा भएको राजावादीको हिंसात्मक प्रदर्शन तथा समसमायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *