देश

हिंसा भड्काएको आरोपमा दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश

काठमाडौं । काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश दिएको छ। प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन्।

भिडलाई उक्साएर अराजकता मच्चाएको आरोपमा प्रसाईँ तीनकुनेबाट अपराह्न अबेर बाहिरिएका थिए। आज मात्रै यौनिक अल्पसङ्ख्यक सुनिलबाबु पन्तले उनी विरुद्ध साइबर अपराधमा उजुरी दर्ता गराएका थिए ।

प्रहरीले आन्दोलनअघि प्रसाईँले हिंसा भड्काउने योजना बनाएको भिडिओ फेला पारेपछि उनलाई पक्राउ गर्न लागिएको हो। सरकारले पूर्व राजा र प्रसाईँलाई तोडफोड, आगजनी र लुटपाटका लागि जिम्मेवार ठहर गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *