काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाह अपुतालिमा राजा हुँदासमेत आम जनताले असहज मानेको टिप्पणी गरेका छन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने अपराधिक काम गरेको विषयलाई पूर्व पञ्चहरुले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरु पढ्न पाईएको सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले भनेका छन्-
पूर्व राजा ज्ञानेन्द्र अधिराजकुमार हुदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने अपराधिक काम गरेको विषयलाई पूर्व पंचहरुले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरु पढ्न पाइन्छ । अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्व पंचहरुले उनको गुनगान गाउनु वग्लै कुरा हो । तर आम जनताले त उनी अपुतालिमा राजा हुदा समेत असहज मानेकै हुन् ।




