
काठमाडौं । धादिङको खानीखोला मच्छिन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का समिर पाठक अध्यक्ष पदमा निर्वाचित भएका छन्।
स्ववियु अध्यक्षमा निर्वाचित समिर पाठक र उनको टिमलाई विद्यार्थी समुदाय, नेपाली कांग्रेस, नेविसंघ, तथा शुभेच्छुक संस्थाका नेताहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। निर्वाचनमा मतदान गरेका सबै विद्यार्थीहरूलाई धन्यवाद दिँदै, नेविसंघका नेताहरूले लोकतान्त्रिक विद्यार्थी नेतृत्व चयनका लागि नेविसंघको भूमिका अझै सशक्त हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो निर्वाचनमा नेपाली कांग्रेस, नेविसंघ, तथा अन्य भ्रातृ संगठनका नेताहरूले निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। मतदाताको उत्साहपूर्ण सहभागिता र समर्पित कार्यकर्ताको मेहनतकै कारण नेविसंघले विजय हासिल गर्न सकेको बताइएको छ। नव निर्वाचित अध्यक्ष समिर पाठकले विद्यार्थी हक, अधिकार र शैक्षिक सुधारका लागि आफू पूर्ण रूपमा समर्पित रहने प्रतिवद्धता जनाएका छन्।