राजनीति

प्रचण्डको तस्बिर जलाएपछि प्रहरी नियन्त्रणमा परेका बम रिहा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको भन्दै पक्राउ परेका राप्रपाका युवा नेता तथा युवक संगठनका स्दस्य सचिव निराजन बम रिहाइ भएका छन् ।

 

आइतबार साँझ मकवानपुर जिल्ला प्रशासन कार्यालयमा दुईपक्षीय छलफलपछि उनी रिहाइ भएका हुन् । सरकारले गर्ननहुने कार्य गरेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाइसकेको थियो तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामाजिक संजालमा एक स्टाटस लेख्दै उनलाई थुनामा राख्न नहुने बताएपछि उनलाई रिहा गरिएको हो ।

भरतपुर विमानस्थलबाट आज दिउँसो पक्राउ गरि हेटौंडा ल्याइएका उनलाई केहिबेर अघि मकवानपुर प्रहरीले रिहा गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *