काठमाडौं । खोटाङका प्रजिअ र सहायक प्रजिअले जिल्ला प्रहरी कार्यालय खोटाङका सम्पूर्ण शाखाहरुको निरीक्षण गरेका छन् ।
आइतबार खोटाङका प्रमूख जिल्ला अधिकारी नरहरि घिमिरे र सहायक प्रमूख जिल्ला अधिकारी सागर शाहले जिल्ला प्रहरी कार्यालय खोटाङका सम्पूर्ण शाखाहरुको निरीक्षण गरेका हुन् ।
सो निरिक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले खोटाङ जिल्लाको समग्र शान्ति–सुरक्षा लगायत विविध विषयमाहरुमा प्रकाश पारेका छन् ।











