देश

सभापति देउवाको स्वागतका लागि राखिएका झण्डा आन्दोलनकारीले हटाए

काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतका लागि नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का कार्यकर्ताले धनगढीको सडक छेउ राखेका झण्डा आन्दोलनरत विद्यार्थीहरूले हटाएका छन्।

आन्दोलनरत माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट विद्यार्थीहरूले पार्टीका झण्डा हटाए। सोमबारदेखि सुरु हुने काङ्ग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटनका लागि देउवासहितका नेताहरू धनगढी आउने तयारीसँगै नेविसङ्घका विद्यार्थीहरूले सडक क्षेत्रमा झण्डा राखेका थिए।

झण्डा हटाउने कारणका रूपमा आन्दोलनकारीहरूले प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा ऐनको विरोध जनाएका छन्।

अखिल क्रान्तिकारीका विद्यार्थीले झण्डा हटाएपछि नेविसङ्घका कार्यकर्ताहरूले प्रतिकार गरेका थिए, जसका कारण केही समय सडक अवरुद्ध भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *