देश

संविधान संशोधनको गृहकार्यका लागि कांग्रेस–एमाले कार्यदल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि आवश्यक गृहकार्य अघि बढाउन कार्यदल बनाउने सहमति भएको छ ।

सत्तारुढ दलहरुबीच बसेको बालुवाटार बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले उच्चस्तरीय राजनीतिक संयन्त्रमा कार्यदल बनाउने सहमति भइसकेको जानकारी दिएका छन्। हिजो संयन्त्रको बैठक बसेको थियो । बैठकबारे उनले भने, ‘संविधान संशोधन गर्न कार्यदल बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति भइसकेको छ । दुवै पार्टीले आ–आफ्नो तर्फबाट नाम दिन्छौं र कार्यदलले काम गर्छ ।’

उनले संविधान संशोधनको काम चरणबद्ध हुने भएकाले सबै दलहरुबीच सहमतिको वातावरण बनाएर अघि बढ्ने बताएका छन् । उनले भने, ‘संविधान संशोधन भोलि बिहान नै गर्छौं भन्ने काम होइन । हामी चरणबद्ध रुपमा काम गर्छौ। संविधानको सबल र दुर्वल पक्ष पहिचान गर्ने, कहाँ कहाँ परिमार्जन गर्न आवश्यक छ, त्यसको पहिचान गर्ने र अरु दलहरुसँग सहमतिको वातावरण बनाएर अघि बढाउँछौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *