काठमाडौँ । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सातै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौँमा बसेको विभागको बैठकले सातै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।
हरेक प्रदेशमा कम्तीमा एक ओटा अन्तरक्रिया गर्ने निर्णय गरेको विभागले पहिलो अन्तरक्रिया कोशी प्रदेशको सुनसरीको इटहरीमा गर्नेसमेत निर्णय गरेको विभाग सदस्य सदस्य संजिब घिमिरेले बताए ।
उक्त अन्तरक्रिया चैत १६ गते हुने भएको छ । अन्तरक्रियाको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने पनि बताइएको छ ।
बैठक विभाग प्रमुख चीनकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो ।




