राजनीति

सभामुखले शुरु गरे मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदका प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल शुरु गरेका छन् ।

सभामुख घिमिरेले आज प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल शुरु गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो ।

यही माघ १८ गतेका लागि संसद्को हिउँदे अधिवेशन आह्वान गरिएकोले त्यसको तयारी स्वरूप सभामुखले छलफल थालेका हुन् । संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *