राजनीति

माओवादी स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

काठमाडौं । नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदन माथि छलफल गरेर अन्तिम रूप दिने लगायतका एजेन्डा रहेको थियो ।

भोलि देखी सुरू हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि आज बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजेबाट सुरू हुने भनिए पनि अन्तिम समयमा स्थगित भए पछि सो बैठक भोलि बिहान ८ बजे बस्ने भएको छ ।

स्थानीय तहको उपनिर्वाचन परिणामबाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लड्ने घोषणा गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *