
काठमाडौँ।एमालेबाट निष्कासित भएका डा.भीम रावलले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । एमालेबाट निष्कासित भएपछि रावलले पहिलोपटक आगामी कार्य योजनाबारे जानकारी दिन बुधवार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् ।
आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलनिकट श्रोतले जनाएको छ।
पत्रकार सम्मेलन कार्की ब्याङकेटमा हुनेछ ।एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यतासमेत नरहनेगरी निष्काशन गरेको थियो। त्यसपछि उनले नयाँ पार्टी खोल्नेबारे आन्तरिक छलफल गरिरहेका छन् ।
उनले सोमबार मात्रै नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग पनि छलफल गरेका थिए।