राजनीति

अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक रुपमा दाबेदार: नेता कोइराला

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक रुपमा दाबेदार भएको बताएका छन् ।

सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न शुक्रबार धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको बताएका छन् ।

उनले भने, ‘शेरबहादुर देउवा सबैको साझा सभापति हुनुहुन्छ । महामन्त्री थापासँग पनि कुनै विवाद भएको छैन् । पार्टीका नेताहरुसँग समझदारी गरेर अगामी १५ औं महाधिवेशनमा सभापतिको स्वभाविक दाबेदार हुन्छु ।’

उनले महाअधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको समेत लागेको उल्लेख गरे । कोइरालाले महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *