राजनीति

४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज बस्ने भनिएको बैठक नियमित हो । तर, अन्तिम समयमा बैठक स्थगित भएको र अर्को बैठक तय नभएको बताइएको छ ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *