राजनीति

एमाले-कांग्रेसले रविलाई प्रधानमन्त्री भइदिनुस् भनेको मैले देखेको छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई प्रधानमन्त्री भइदिनुस् भनेर भनेको आफुले सुनेको र देखेको बताएका छन् ।

मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले देखेको छु,’ अध्यक्ष दाहालले भने ।

साथै उनले लामिछानेलाई चितवनबाट पोखरा लैजाने क्रममा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने दाबी गरे ।

‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ’ उनी भन्छन्, ‘यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’

दाहालले रविमाथि भएको अमानवीय र निरंकुश कामबाट सत्तापक्षकै नेताहरूले पनि विरोध जनाउन थालेको समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *