राजनीति

एमाले दान जग्गा बिबाद आज फेरि चढयो पेशीमा

काठमाडौं। पटक पटकमा पेशीमा चढदै र सर्दै आएको नेकपा एमाले जग्गा प्रकरणमा आज छलफल हुने भएको छ ।

पार्टी कार्यालय निर्माणका लागि एमालेले किर्तिपुरमा पाएको दानको जग्गा विवादसम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा तोकिएको छ।

व्यावसायी मीनबहादुर गुरुङले एमालेलाई दानमा जग्गा दिएपछि त्यसविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्चमा रिट दायर गरेका थिए । जुन जग्गाको बिबाद पेशीमा चढदै र अन्तिममा हेर्न नभ्याइने भन्दै सर्वोच्च अदालतले स्थगित गर्दै आएको छ ।