राजनीति

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता

रुकुमपूर्व । रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको वडा नम्बर १, १३ र १४ को मतगणना हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता बनाएको हो । माओवादीकी नरपुरा बुढाले १०७६ मतका साथ अग्रता लिएकी छन् ।

यो पालिकामा एमाले-कांग्रेसको गठबन्धन हो । कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले ७०० मत पाएकी छन् । यसअघि माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको बागलुङ दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । यो पालिकाको वडानम्बर २ मा भने माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।