
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चिनियाँ कार्ड’ सबन्धी अभिव्यक्तिको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका बारेमा बोलाएको बैठकमा अध्यक्ष प्रचण्डले सो प्रष्टीकरण दिएका हुन्।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेल्न खोजेको भनी भारतीय अखबार द हिन्दुलाई दिएको अन्तर्रवार्ता सच्याएका हुन्।
उनले आफू विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै चीन कार्ड खेल्न खोजेको भन्ने आसयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गरे ।
आफ्नो चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा प्रचण्डले कुन देश पहिला जाने भन्ने निर्णय नेपालका प्रधानमन्त्रीले लिने विषय भएको बताए । ‘मैले पहिला चीन भ्रमण गरेर भ्रमण भ्रमण गर्ने परम्परा तोडें । पहिलो कहाँ जाने भन्ने नेपालको निर्णय हो’, प्रचण्डले भनेका छन् ।