काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्यमा समस्या देखिएको छ । प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकादेखि ज्यवरो आएपछि उनको स्वास्थ्यमा समस्या देखा परेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनको सचिवालयका अनुसार सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।
प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिए । प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै आराम गरिहेका छन् ।




