काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उपसभापति स्वर्णिम वाग्लेले पुस्तक उपहार दिएका छन् । शुक्रबार साँझको भेटमा उनले लामिछानेलाई ‘एज अफ रिभोल्युसन्स’ पुस्तक उपहार दिएका हुन् ।
पुस्तकमामा वाग्लेले सहकारी प्रकरणमा निर्दोष सावित हुने अपेक्षा रहेको लेखेका छन् । भेटपछि सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको र रविमा मनोबल उच्च रहेको पाएको वाग्लेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । साथै, वाग्लेले तिहार(छठपछि सुशासनको बृहत् एजेण्डामा नयाँ शक्तिहरू गोलबद्ध हुनपर्ने देखिएको बताएका छन् ।




