काठमाडौँ । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा तीन जना नयाँ सदस्य मनोनयन भएका छन् ।
सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा चार सदस्यीय सदस्यता व्यवस्थापन समिति गठन गरेका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेहीलाई मनोनीत गरेका छन् । कांग्रेसमा वडा तहको अधिवेशनमा क्रियाशील सदस्यहरू नै मतदाता हुन् ।
क्रियाशील सदस्यहरूमध्येबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरूले केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरू निर्वाचित गर्ने भएकाले सदस्यतालाई महत्वका साथ हेर्ने गरिएको छ ।





