विश्व

अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीको चेतावनी

एजेन्सी । अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीको चेतावनी दिइएको छ ।

मिल्टन आँधी पाँच श्रेणीमा परिणत भएर यूएस गल्फ कोस्ट अर्थात त्यहाँको खाडी तटीय क्षेत्र हुदैँ तीव्र गतिमा फ्लोरिडा पुग्ने क्रममा रहेको बताइएको छ । यो आँधी फ्लोरिडा तर्फ २ सय ८१ किलोमिटर प्रतिघण्टाको तिव्र हावाको गतिमा पुग्ने भएकाले बुधवार राति वा बिहिवार बिहान जमिन भासिने वा पहिरो जाने जोखिम बढेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आँधीले ठूलै विनाश गर्ने भन्दै फ्लोरिडाका स्थानीयवासीलाई सके सम्म छिटो सुरक्षित ठाउँमा सर्न अमेरिकाको राष्ट्रिय आँधी सूचना केन्द्रले आग्रह गरेको छ । सन् २००५ को क्याट्रिना आँधी पछिको सबै भन्दा घातक मानिएको हेलेन आँधी आएको १० दिनमै फेरी मिल्टन आँधीको चेतावनी आएको हो ।

हेलेन आँधीका कारण अमेरिकाको दक्षिण–पूर्व मा कम्तिमा २ सय २५ जनाको मृत्यु गएको छ भने अझै सय जना भन्दा धेरै बेपत्ता भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *