
काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएर गएका नेता–कार्यकर्तालाई मुलधारमा फर्किन आग्रह गरेका छन् । यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालबाट अलग भएर गएका नेता–कार्यकर्तालाई पार्टीको मुलधारमा फर्किन आह्वान गरेका हुन् ।
उनले भनेका छन–जसपा नेपाल एक विशिष्ट सोच, सिद्धान्त र एजेण्डा बोकेको पार्टी हो । जसले उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराईर मधेशबीचको पारस्परिक सम्मान र एकता निर्माण गर्न संगठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्रलगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा जानु भएका साथीहरुलाई गलत बाटो छोडेर आफ्नो मुलधारको जसपा नेपालमा फर्किन आह्वान गर्दछौं ।