मुख्य समाचार

सरकारको नीति तथा कार्यक्रममा किन देखिएनन् ओली ?

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपस्थित भएनन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा पूर्व प्रधानमन्त्री समेत रहेका ओली भने अनुपस्थित देखिएका हुन् ।

अध्यक्ष ओली मंगलबार नै भृकुटी मण्डपमा भ्रातृ संगठन अनेरास्ववियुद्वारा आयोजित ‘विद्यार्थी महोत्सव–२०८१’ मा पनि अनुपस्थित रहे ।

उनी स्वास्थ्यमा समस्या देखिएपछि उक्त महोत्सवमा उपस्थित हुन नसकेको बताइएको छ । महोत्सवको उद्घाटन समारोहमा स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओली उपस्थित हुन नसकेको जानकारी गराइएको थियो ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा ओलीको अनुपस्थितीलाई चासोका साथ हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *