खेलकुद

ओमानद्वारा नेपाल ‘ए’सामु २८१ रनको लक्ष्य

काठमाडौँ । नेपाल ‘ए’ र ओमानबिच एकदिवसीय श्रृङखलाअन्तरगत आज भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’सामु जितका लागि २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा ट्स जितेर पहिला ब्याटिङ गर्र्दै ओमानले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २८० रन बनायो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ७२ रन बनाए । उनले ८५ बल खेल्ने क्रममा ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कप्तान जितेन्दर सिंहले ४८ बलमा ५८, हषिर डपादारले ४६, आशिष ओडाराले २७ तथा विनायक शुक्लाले २५ रन बनाए । रामानन्दी १७ रनमा अविजित रहे ।

बलिङतर्फ नेपाल ‘ए’ का लागि आकाश चन्दले चार, सन्तोष यादवले दुई तथा शाहब आलम, शेर मल्ल र रशिद खानले एक एक विकेट लिए ।

यही वैशाख १२ गतेदेखि हुने आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आएको ओमानले तयारी स्वरुप नेपाल ‘ए’सित खेल्न लागेको हो । नेपाल ‘ए’ले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *