देश

यी हुन् मन्त्रिपरिषद्का महत्वपूर्ण २५ निर्णय (निर्णयसहित)

काठमाडौं । मन्त्रिपरिषद बैठकले गरेका २५ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार बसेको बैठकले २५ वटा निर्णय गरेको हो ।बैठकले बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपेरिन्स शेयरिङ भिजिटमा जान राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवराज अधिकारीलाई स्वीकृति दिइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसिया जान स्वीकृति दिइएको छ । भ्रष्टाचार निवारण सम्बन्धी तालिममा सहभागी हुन उनी भ्रमणमा जान लागेकी हुन् । विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ९० लाख २४ हजार ३१२ अमेरिकी डलर (करिब एक अर्ब २० करोड बराबर)को अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआइजी) टेकप्रसाद राईलाई प्रशासन विभाग र सुदिप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा गर्ने निर्णय भएको छ ।

यसै गरी इजराइल घटनामा निधन भएका ६ नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्‍याउँदा लागेको २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने निर्णय पनि गरेको छ । चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरूप उपलब्ध गराउन प्रस्ताव गरेका ७ वटा सवारीसाधन स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी बैठकले इन्डोनेसियाको बालीमा हुने वर्ल्ड वाटर फोरम अन्तर्गत जेठ ७ र ८ गते हुने बैठकमा हुने मन्त्रीस्तरीय बैठकमा ऊर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री शक्ति बस्नेतलाई सहभागी हुन स्वीकृति दिने लगायतका २५ वटा निर्णय गरेको छ ।

यी हुन् बैठकका २५ निर्णय

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *