विश्व

रूसको राजधानी मस्कोमा आतंकवादी हमला, ४० को मृत्यु

मस्को। रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ ।

सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानीय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको हो । सो हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो । सो हमलाको जिम्मेवारी इस्लामिक स्टेट आईएसएसले लिएको छ ।

मस्कोस्थित अमेरिकी दुतावासले भिडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ । जसको अहिले रूसले कनेक्सन खोजीरहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *