विश्व

दक्षिण कोरियाली ट्याङ्कर जापान नजिकै पल्टिँदा सात बेपत्ता : एनएचके

जापानी समुद्रमा ११ जना चालकदलका सदस्यसहित चलिरहेको दक्षिण कोरियाली रासायनिक ट्याङ्कर समुद्रमा पल्टिँदा सात जना बेपत्ता भएको जापानी टेलिभिजन एनएचकेले बुधबार जनाएको छ ।

दुई कोरियाली, आठ इन्डोनेसियाली र एक चिनियाँ चालक दलका सदस्यसहित समुद्री मार्गबाट आफ्नो गन्तव्यमा हिँडिरहेका समय भएको दुर्घटनामा परेका चार जनालाई अहिलेसम्म उद्धार गरिएको एनएचकेले जनाएको छ ।

एनएचकेले दिएको श्रव्यदृष्यमा पल्टिएको जहाजको रातो भाग देख्न सकिन्छ ।जहाज झुकिरहेको जानकारी चालकदलले बुधबार बिहान तटरक्षकलाई दिएको तथा जापानको दक्षिणपश्चिमी तटमा रहेको मुत्सुर टापु नजिकै सहयोगको अनुरोध गरेको एनएचकेले जनाएको छ ।

एनएचकेका अनुसार ट्याङ्करले बोकेको रसायनको प्रकार परिणाम वा त्यसमा चुहावटको विषयमा भने विस्तृत विवरण दिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *