देश

महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

काठमाडौ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ ।

केन्द्रीय बैंककै वरिष्ठ महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो ।

सोमबार राष्ट्र बैंकको मानव संशाधन विभागले बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी आचार्यलाई मंगलबारदेखि सेवाबाट हटाइएको छ ।

आचार्यले गत पुस २७ गते नगरकोटमा बैंकले आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ महिला कर्मचारीलाई दुर्व्यवहार गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *