अर्थ

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच ‘नेपाल पे कार्ड’सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र क्लियिरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले नेपाल पे कार्डसम्बन्धी सेवाहरू उपभोग गर्न पाउने बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले जानकारी दिए ।

विसं २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा ३१४ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३३२ एटिएम र ९९ वटा शाखारहित बैंकिङमार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *