विश्व

रुसी सहर बेल्गोरोडमा बमबारी – दुईको मृत्यु, पसल र विद्यालयहरू बन्द

काठमाडौँ । रुसी सहर बेल्गोरोडमा बमबारीपछि पसल र विद्यालयहरू बन्द गरिएका छन्। बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभका अनुसार घटनामा दुई जनाको मृत्यु भएको छ ।

त्यहाँका अधिकारीहरूले बमबारीको दोष युक्रेनलाई लगाएको छ । एयर डिफेन्स सिस्टमले आठ युक्रेनी मिसाइलहरू खसालेको ग्लाडकोभले दाबी गरे ।

‘युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडका विद्यार्थीहरू सोमबार र मंगलबार विद्यालयमा जादैँनन्’, गभर्नरले भने, ‘बजारहरू आइतबार र सोमबारसम्म बन्द हुनेछन् ।’

रुसमा आम चुनावमा मतदान जारी छ । अधिकारीहरूले भ्लादिमिर पुटिनको जित निश्चित रहेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *