काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेटे लगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई मन्त्रालयमा बोलाएका छन् । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले बिहीबार बिहान आफ्नो प्रतिवेदन बुझाएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट उन्मुक्ति पाएकाहरुबारे आयोगले अध्ययन गरेको थियो ।
आयोगको ब्रिफिङपछि बुझेको प्रतिवेदन लामिछानेले अध्ययन गरेका थिए । आयोगका अध्यक्ष आचार्यका अनुसार, कारबाही सिफारिसका विषयहरु ४८५ पृष्ठको प्रतिवेदनको परिच्छेद १३ मा रहेको ब्रिफिङ गरिएको थियो ।
लगत्तै अध्ययन गरेपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर यसबारे ब्रिफिङ गरेका हुन् । यसपछि उनले प्रहरी महानिरीक्षक कुँवरलाई छलफलका लागि बोलाएका हुन् ।




