काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन अघि सत्ता साझेदार प्रमुख तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शिर्ष नेताहरु छलफलमा जुटेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अहिले छलफल जारी रहेको छ ।
एकीकृत समाजवादीले आफ्ना मागहरुको विषयमा लिखित सहमति भएमात्र राष्ट्रिय सभा अध्यक्ष र प्रधानमन्त्रीलाई दिने विश्वासको मतमा मतदान गर्ने चेतावनी दिएपछि तीन नेताहरु छलफलमा जुटेका हुन् ।




