विश्व

मौरिससमा ६ हिन्दु भक्तको मृत्यु, शिवरात्रि अघि कार्यक्रममा आगलागी

काठमाडौं । मौरिससमा शिवरात्रि अघि धार्मिक कार्यक्रमका क्रममा आगलागी हुँदा ६ भक्तजनको मृत्यु भएको छ । सो घटनमा परी अन्य धेरै मानिस घाइते भएका भारतीय सञ्चारमाध्यमले लेखेका छन ।

मौरिससका प्रहरी आयुक्त अनिलकुमार दीपले भने– ‘शिवरात्रि अघि भक्तजनहरु पैदल हिँड्दै ग्राण्ड बेसिन तालमा पुगेका थिए । यी मानिसहरू काठ र बाँसले बनेको गाडामा देवताका मूर्तिहरू बोकेर तालतिर जाँदै थिए । उक्त गाडी खुला विद्युतीय तारसँग सम्पर्कमा आएर आगलागी भएको हो ।’

ग्रान्ड बेसिन ताललाई पूर्वी अफ्रिकी देश मौरिससका हिन्दू समुदायले पवित्र स्थल मान्दछन् । हिन्दु धर्म अफ्रिकी देश मौरिससको सबैभन्दा ठूलो धर्म हो । सन २०२१ को जनगणना अनुसार, यहाँ लगभग ४५ प्रतिशत जनसंख्या हिन्दुको छ । यो अफ्रिकाको एक मात्र देश हो, जहाँ यति ठूलो संख्यामा हिन्दुहरू बस्छन् । विश्व स्तरमा हेर्दा हिन्दुहरुको जनसंख्याको हिसाबले भारत र नेपाल पछि मरिससको नाम आउँछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *