देश

शर्मिला वाइवालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले हिजोबाट लागू हुने गरी ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट वाइवालाई पक्राउ गरेको थियो ।

वाइबाविरुद्ध कुटपिट सम्बन्धी अभियोग दावी भएमा उनलाई अधिकतम ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ । मुलुकी अपराध संहिता २०७४ को दफा एक सय ९१ मा कुटपिट गरेमा हुने सजायबारे उल्लेख छ । वाइबा हाल महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *