काठमाडौं । गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टेकुनन्द इवा लिम्बूलाई फिर्ता बोलाएको छ । मिटरब्याजीसम्बन्धी उजुरीमाथि छानबिन नगरेको भन्दै मन्त्रालयले दुबै जनालाई फिर्ता बोलाएको हो ।
गृहले सिराहामा नयाँ प्रजिअ र एसपी पठाइसकेको छैन । प्रशासन र प्रहरीले पीडितको कुरा नसुनेको र छानबिन नगरेको भन्दै पीडितहरूबाट गृह मन्त्रालयमा गुनासो आएको थियो । केही समयअघि मात्रै सिराहामै मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास भएको थियो ।




