काठमाडौं । नेपालबाट अमेरिका पुगेर न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा. प्रेरणा श्रेष्ठले २९ करोडको अनुसन्धान वृत्ति पाएकी छन् ।
अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी वु्रक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आएकी श्रेष्ठलाई ‘पोष्ट ट्रमाटिक स्टे«स डिसअर्डर’ विषयमा अध्ययनका लागि अमेरिकी सरकारी निकाय नेसनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् २९ करोड २५ लाख बरावरको रकम उपलब्ध गराउने भएको छ ।
यो अनुसन्धान वृत्ति आफ्नो कामका लागि पुरस्कार जत्तिकै महत्वपूर्ण रहेको उनले राष्ट्रिय समाचार समितिलाई प्रतिक्रिया दिएकी छन् । श्रेष्ठका अनुसार मानिससँग मिल्दोजुल्दो आनीबानी भएका मुसामा अध्ययन गरिने विधिअनुसार (जसलाई मस्कुलर विधि पनि भनिन्छ) उनको टोलीले किन मस्तिष्कमा लामो समयसम्म यस्तो विषय रहिरहन्छ भन्नका लागि औजार जडान गरी अध्ययन गर्नेछ ।
आगामी सन् २०२७ को अक्टोवर सम्ममा अध्ययन सकिने गरी हुन लागेको यो अध्ययनले भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचार विधि र पद्धति तर्जुमा हुनसक्ने श्रेष्ठको भनाइ छ ।




