देश

रानीमहल जाने सडक करिब दुई महिना बन्द हुने

काठमाडौं । पाल्पाको रानीमहल जाने सडक करिब दुई महिना बन्द हुने भएको छ । सडकको हात्तीढुंगा नजिक बैकुण्ठे भीरमा ढलान कार्य गर्न माघ १७ गतेदेखि आगामी चैत ५ गतेसम्म यातायात आवागमन बन्द हुने सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

रानीमहल जाने सडक पूर्ण रुपमा बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सडक पूर्वाधार विकास कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सरोकारवालाको बैठकले सडक बन्द गरेर ढलान कार्य गर्ने निर्णय गरेको कार्यालय प्रमुख बासुदेव भण्डारीले बताए ।

तानसेनदेखि १५ किलोमिटर दूरीमा पुगिने रानीमहल सडक लामो समय बन्द हुँदा तानसेन–हार्थोक–अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपर्छ । कच्ची सडक बौघागुम्हा भएर जाने वैकल्पिक मार्ग भए पनि सडक कच्ची र अप्ठ्यारो भीर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *