काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत जाँदैछन ।
सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन भने उनी १५ गते स्वदेश फर्कने छन् ।
सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछने सहभागी हुनेछन् ।
माघ १३ र १४ गते भारतका बिभिन्न कार्यक्रममा रहने भएकाले उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।




