देश

काठमाडौंका यी स्थानमा आउने छैन आज विजुली

काठमाडौं।काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराइसकेको छ ।

प्राधिकरणको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्मका क्षेत्रहरूमा आज विद्युत् सेवा अवरुद्ध हुनेछ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *