राजनीति

संवाद यात्रामा निस्कँदै गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा जनताका समस्या बुझ्न संवाद यात्रामा निस्कँदै छन् । उनले समुदायमा कांग्रेस अभियान अन्तर्गत झापाबाट संवाद यात्रा थाल्ने भएका हुन् ।

थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार झापाको भद्रपुर मेची पुलबाट गगनले उक्त अभियान थाल्ने भएका हुन् । आगामी माघ १३ देखि २६ गतेसम्म उनले निरन्तर स्थानीयका पिरमर्का बुझ्ने, समस्या सुन्ने र कांग्रेसप्रति स्थानीयको धारणा जानकारी लिने पौडेलले बताए ।

उनका अनुसार केन्द्रीय नेताहरु स्थानीय तहमा पुगेर धारणा लिने अभियान अन्तर्गतको कार्यक्रम हो । जसमा ‘स्थानीयका धेरै कुरा सुन्ने, आफूले कम बोल्ने’ नीति नेता थापाले अवलम्बन गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *