देश

बम्जनलाई सर्लाही लैजाने तयारी

काठमाडौ ।  विवादास्पद तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही लैजाने तयारी गरेको छ । यसअघि उनीविरुद्ध जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले त्यहाँ लैजान लागिएको बताइएको छ ।

बम्जन हिजो साँझ बूढानीलकण्ठ नजिकैबाट पक्राउ परेका हुन् । बमजन फेला परेको आश्रम भनिएको घरबाट प्रहरीले करोडौं रुपैयाँ र विदेशी मुद्रासमेत फेला पारेको छ । प्रहरीका अनुसार त्यहाँबाट झण्डै साढे तीन करोड रुपैयाँ बरामद गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *