देश

सडक अवरुद्ध गर्ने गाउँपालिका उपाध्यक्ष पक्राउ

दाङ।दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन् ।

शुक्रबार राति टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतबार बिहानदेखि प्रदर्शन भएको हो ।

सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल पनि हुन् । पोख्रेल मृतकका आफन्त हुन् ।

मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिपर चालकलाई कारबाही नभएसम्म शव नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *