काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको यस ई. पि. एस. कोरिया शाखाले सिप विल्डिङ परिक्षामा अनुत्र्रिण विद्यार्थीहरुको मागप्रति एच आर. डि कोरिया र सम्बन्धित निकायसंग छलफल गरिरहेको जनाएको छ । विभागले सोमबार एक विज्ञप्ती जारी गर्दै उक्त विषयमा अन्तिम निश्कर्ष निस्कन केही समय लाग्ने देखिएकोले निष्कर्ष आउना साथ यस कार्यालयबाट सूचना प्रकाशित गरिने उल्लेख गरेको हो । शाखाले आगामि दिनमा धर्ना, जुलुस जस्ता कार्यक्रमहरु स्थगित गरी निरन्तर अध्ययनलाई अगाडी बढाउँदै उपलब्धिमुलक कार्यमा लाग्न आग्रह गरेको हो ।
एच आर .डी सर्भिस कोरिया शाखाले मंशिर १९ गते २०२३ को उत्पादनमुलक क्षेत्रको आवेदन प्रकाशित गर्दै २०२३ मैँ भएको सिप बिल्डिङ परिक्षामा आवेदन दिएका र अनुत्रिर्ण भएका कोरियन भाषा अध्ययनको तयारीमा रहेका ३३ हजारभन्दा माथिको संख्यामा जम्मा भएर विद्यार्थीहरुले उत्पादनमुलक क्षेत्रमा पुन आवदेन दिन पाउनुपर्ने माग राख्दै माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी राख्ने भन्दै सोमबार ईपियस कार्यालय ग्वार्को अगाडी दोस्रो चरणको आन्दोलन थालेका छन् ।
एच आर डि कोरिया शाखाले पहिले एक पटक परिक्षामा आवेदन दिएका विद्यार्थीहरुले आगामी सोही वर्ष जुनसुकै परिक्षामा समेत सामेल हुने जनाउँदै पहिलो पटक सुचना जारी गरेको थियो । सोही सुचनाका आधारमा कोरियन भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुले आवेदन दिएका थिए । तर एच आर. डि कोरिया शाखाले सिप बिल्डिङमा आवेदन दिएपछि अर्को सुचना जारी गर्दै एक पटक परिक्षामा सामेल भएका विद्यार्थीेले सोही वर्ष खुल्ने अन्य परिक्षामा सामेल हुन नपाउने नियम जारी गरेको थियो । पहिलो सुचनामा दुबै विषय नखुलाएकाले विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।
आन्दोलित विद्यार्थीहरुले १९ गते प्रकाशित २०२३ को उत्पादनमूलक क्षेत्र तर्फको कोरियन भाषा परीक्षाको फाराम भर्ने सूचनाको बुदा नं. ५ को (च) मा उल्लेख भएको बुँदा हटाई एक वर्षमा एक पटक परिक्षा दिएका अनुत्रिर्ण विद्यार्थीहरुले जुनसुकै परिक्षामा पनि आवेदन दिन पाउनुपर्ने मागसहित् इपियस कार्यालय ग्वार्कोमा ज्ञापन पत्र पेश गरेका छन् ।

उल्लिखित मितिमा प्रकाशित सूचनाको बुदा नं. ५ को (च) मा उल्लेख भएको विषय २०२३ को सिप बिल्डिङको विज्ञापनको सूचनामा समेत सन २०२३ मा हुने कुनै पनि क्षेत्रको कोरियन भाषा परीक्षामा फर्म भर्न नपाइने व्यहोरा उल्लेख गरिएको र उत्पादन तर्फ को लागि प्रकाशित विज्ञापनको सूचनाको बुदा नं. ५ को (च) मा सोही व्यहोरा उल्लेख गरिएको शाखाले जनाएको छ ।




