काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू कसैसँग नतर्सिएर बताएका छन् ।
आज सिंहदरबारमा १२ बुंदे शान्ति सम्झौतामा सहभागी दलहरुको बैठक पछि प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले आफुहरु तर्सिएर बैठक नबसेको बताएका हुन् ।
उनले भने- ‘राम्रो कुरा के भयो भने संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो । यो प्रारम्भिक बैठक भयो । निरन्तर बैठक राख्नुपर्छ भन्ने कुरामा नेताहरूको समझदारी छ ।’
उनले समिक्षा गर्ने समय आयो भन्ने महसुस गरेर पहिलो पटक समान्य समीक्षा गरिएको प्रतिक्रिया दिए ।




