देश

राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता जारी

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता जारी छ।

साउद र गुटेरेसबीच शान्ति प्रक्रियामा सद्भाव, नेपालको सामाजिक आर्थिक विकासमा सहयोग, पिस किपिंग अपरेसनलगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

चारदिने औपचारिक भ्रमणमा गुटेरेस आइतबार राति नेपाल आएका थिए । गुटेरेसले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट्ने कार्यसूची छ।

उनले मंगलबार नेपालको संसद्मा सम्बोधन गर्ने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *