देश

२४ उपसचिव र ११ शाखा अधिकृतको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले २४ उपसचिव र ११ शाखा अधिकृतको सरुवा गरेको छ । सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मन्त्रिस्तरीय निर्णयबाट २४ उपसचिव र ११ शाखा अधिकृतसहित ३५ कर्मचारीको सरुवा गरेका हुन् ।

लामो समयदेखि सिंहदरबारमा रहेका अधिकांश उपसचिव तथा शाखा अधिकृतलाई प्रदेशस्थित पालिकाहरूको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ ।

२४ जना उपसचिवमध्ये १८ जनालाई विभिन्न नगरपालिकाहरूको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ भने सर्लाही र महोत्तरीका तीन उपसचिवलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । बाँकी गृह मन्त्रालय अन्तर्गतका तीन जनालाई युवा, रक्षा र योजना आयोगमा सरुवा गरिएको छ ।

यसैगरी गृह मन्त्रालय तथा अन्तर्गतका ८ जना शाखा अधिकृतहरूलाई मधेस प्रदेशस्थित पालिकाहरूको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको छ भने दुई प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयमा र एक इन्जिनियरको पनि खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्री मोदीले पदभार ग्रहणका क्रममा निमित्त प्रशासकीय अधिकृत शून्यमा झार्ने प्रतिवद्धता गरेका थिए । सोही बमोजिम उनले सिंहदरबारमा अड्डा जमाएर बसेका कर्मचारीहरुलाई विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *